शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकाको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

श्रीलंकामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

कोलम्बो- श्रीलंकामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन्।

himalayan bank box

श्रीलंकाको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ। अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताउनुभएको बताइएको छ।

श्रीलंकाले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलंकाको मुद्रालाई थप अबमुल्यन हुनबाट जोगाउने उपायहरू खोज्नुपर्ने बताए।

उनले भने, 'सबै सरकारले निर्भरताको मानसिकताअनुसार काम गरे। यो लामो समयसम्म ऋण बोझको परिणाम हो। कोलम्बो पेजले रिपोर्ट गरेझैं हाम्रो समयमा भएका गलत नीतिहरूले पनि यस्तो परिस्थिति सृजना गर्न मद्दत गरेको हुनसक्छ।' 

वित्त मन्त्रीले संसदलाई भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए। उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरेका छन्। 

Metro Mart
vianet

सावरीले भने, 'समाज नै प्रभावित बनेको बर्तमान अवस्थामा कमाउनेहरूले केही योगदान गर्नैपर्छ। आगामी दुई देखि तीन वर्षमा आम्दानी करलाई करिब १५ प्रतिशतले वृद्धि गर्नुपर्नेछ।'

उक्त अवसरमा वित्त मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको सङ्कट टार्नका लागि योगदान गर्नुपर्ने अवस्था रहेको बताउनुभएको कोलम्बो पेजले उल्लेख गरेको छ। 

यसैबीच, पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीका कारण परेको प्रभावले श्रीलंकाको अर्थतन्त्र खस्किएको उनले जिकिर गरे। 

श्रीलंकाले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ। यहाँको मुद्रा मार्च ८ पछि अमेरिकी डलर विरुद्ध करिब श्रीलंकाली ९० रूपैयाँले अवमूल्यन भएको छ। 

प्रकाशित: May 05, 2022| 00:10 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।