सोमबार, साउन २५, २०८३

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

जुम्ला- जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिराले दुई बालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए।  

लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते भएका छन्।

घाइते बोहोरालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ल्याइएको प्रहरीले जनाएको छ। मृतक शिशिर रणबहादुरका छोरा हुन्। घाइते लक्ष्मी बोहोरासँगै ती बालक सो स्थानमा गएका र खेलिरहेका थिए। अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए। 

गत वैशाख ९ गते राति सो गाउँपालिका–३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हँुदा चार बालबालिकाको जलेर मृत्यु भएको थियो। सो घटना नसेलाउँदै आज डण्डेलीमा माटोबाट दुई बालकको मृत्यु भएको छ। 

प्रकाशित: May 04, 2022| 21:06 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।