बुधबार, वैशाख २६, २०८१

२३ वर्षमै वडा सदस्य बनेकी सुनिता ५ वर्षपछि वडाध्यक्षको उम्मेदवार

महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्‍ने मान्यता राखेकी सुनिताको अवधारण अनुसार टोलमा परिश्रमी सामाजिक महिला समूह गठन गरिएको छ। पछि सो समूह परिश्रमी सामाजिक उद्यमी सहकारी संस्थामा परिणत भयो। १५ जना महिलाबाट सुरु भएको संस्था अहिले २४ सय सदस्य भएका छन्। सुनिता सहकारीको कोषाध्यक्ष हुन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, वैशाख २१, २०७९

बेलबारी (मोरङ) - २३ वर्षको उमेरमा बेलबारी-७ को वडा सदस्यमा निर्वाचित भएकी सुनिता चौधरी पाँच वर्षको कार्यकाल पूरा गरी वडाध्यक्षका लागि मैदानमा छन्। ०७४ को स्थानीय तह निर्वाचनमा उनले निकटतम् प्रतिष्पर्धीलाई १२१ मतान्तरले पराजित गरेकी थिइन्। उमेरले आफूभन्दा दोब्बर बढीकी उम्मेदवारलाई पराजित गरेकी थिइन्। 

triton college

थारु महिलाबाट पहिलो पटक आफ्नो गाउँ टोलको जनप्रतिनिधि भएकी सुनिता पछि नगरकार्यपालिका सदस्य भइन्। कार्यपालिका सदस्य सुनिताले आफ्ना गाउँ टोलका समस्याहरु बैठकमा लैजाने, समस्या समाधानका लागि पहल गर्ने काम गरिन्। वडाको विकासका लागि आफूले सक्दो काम गरेको उनको भनाई छ। कार्यपालिकामा सबैभन्दा कान्छी उमेरकी सुनितालाई सुरुमा अरुसामु कुराहरु राख्‍न अप्ठ्यारो लाग्‍ने गरे पनि विस्तारै बानी पर्दै गयो। उनले भनिन्,‘५ वर्षको कामको मूल्यांकन र मेरो क्षमता विकासका आधारमा पार्टी कमिटीले वडाध्यक्षमा सिफारिस गरेको छ।’ 

महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्‍ने मान्यता राखेकी सुनिताको अवधारण अनुसार टोलमा परिश्रमी सामाजिक महिला समूह गठन गरिएको छ। पछि सो समूह परिश्रमी सामाजिक उद्यमी सहकारी संस्थामा परिणत भयो। १५ जना महिलाबाट सुरु भएको संस्था अहिले २४ सय सदस्य भएका छन्। सुनिता सहकारीको कोषाध्यक्ष हुन्। 

हरेक टोल–टोलमा टोल विकास संस्था स्थापना गरी सहकारीको विस्तारसँगै आफ्नो क्षमता उनले बढाउँदै लगिन्। वडा सदस्यमा निर्वाचित भएदेखि नै सुनिताले आगामी निर्वाचनमा वडाध्यक्ष बन्‍नुपर्छ भन्‍ने लक्ष्य लिइन्। लक्ष्य अनुसार आफ्नो क्षमता विकासलाई बढाउँदै पनि लगिन्। नेतृत्वको दाबी गर्न, लबिङ गर्न, आफ्ना कुराहरु निर्धक्कसँग राख्नका लागि दलित महिला केन्द्र नेपालले सहयोग गरेको उनको भनाई छ। चौधरी भन्छिन्,‘दलित महिला केन्द्रले सञ्चालन गरेको 'सी लिड्स' (उनको नेतृत्व) ले क्षमता विकासमा उल्लेखनिय काम गर्‍यो। म नेतृत्व विकास गर्न चाहन्थेँ, पछि यस्तै खालको तालिम सञ्चालन गरेको थाहा पाएपछि सहभागी भएँ।'

सामान्य परिवारकी सुनिताले प्लस टुसम्मको अध्ययन गरेकी छन्। आफ्नो अध्ययनलाई अघि बढाउन नसकेकी उनले अब टोलको नेतृत्वसँगै अध्ययनलाई पनि अघि बढाउने बताइन्। पाँच वर्ष कार्यपालिका सदस्य भइसकेकी उनले महिला सञ्‍जालमार्फत महिलालाई उद्यमी बनाउन आफूले काम गरेको बताइन्। सबै महिलालाई उद्यमशीलतासँग जोड्ने आफ्नो योजना रहेको उनले सुनाइन्। पछाडि पारिएका महिलाहरुको शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफूले जनप्रतिनिधिका रुपमा काम गरेको बताइन्। 

corrent noodles
Metro Mart

बेलबारी नगरकमिटीको सहसचिव समेत भएकी सुनिताले राजनीतिक तथा सामाजिक क्षेत्रमा धेरै छिटो फड्को मारेको स्थानीय कमला खड्का बताउँछन्। सामाजिक रुपमा राम्रो प्रभाव छर्न सकेकी उनी नेतृत्वमा आएको हेर्न मन भएको खड्काले बताइन्। सुनिताले सबैलाई समान रुपमा व्यवहार गर्ने गरेको खड्काले बताइन्। विकासको नेतृत्व युवाले मात्र गर्न सक्ने उनको भनाई छ।


प्रकाशित: May 04, 2022| 20:24 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...