काठमाडौं- कञ्चनपुरमा एमाले र नेकपा माओवादी केन्द्र- नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच भएको झडपमा परी दुई जना घाइते भएका छन्। भीमदत्त नगरपालिका–१९ मा कार्यकर्ताहरूबीच झडप भएको हो।
चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तामाथि माओवादी–समाजवादीले कुटपिट गरेको एमालेको आरोप छ। एमाले र गठबन्धनका माओवादी-समाजवादीसँग जम्काभेट भएपछि तनाव भएको थियो।
कुटपिटबाट एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन्। उनीहरुको टाउको र छातीमा चोट लागेको छ।
आफूहरुको माइक तोडफोड गरिएको एमालेको दाबी छ।