काठमाडौं- सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले जिते काठमाडौंका टोल-टोलमा पार्क बनाउने बताएकी छन्। आफू मेयर बने महानगर अस्पताल सञ्चालन गर्ने पनि उनले घोषणा गरिन्।
शिक्षक संघको महानगर समितिले आयोजना गरेको छलफलमा उनले यस्तो घोषणा गरेकी हुन्। सबैलाई शिक्षा र सबैको पहुँमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपर्ने उनको भनाइ छ।
‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिन्छौं,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप घट्ने र अन्य अस्पतालको सेवा पनि सुधार हुँदै जाने उनको विश्वास छ।