बिहीबार, कात्तिक १२, २०८३

डा बाबुरामले मतदान गर्ने पालिकामा भाँडियो तालमेल

पालुङटार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गर्ने पालिका हो। गत निर्वाचनमा यही क्षेत्रबाट डा बाबुराम विजयी भएका थिए। डा. भट्टराइले पालुङटार नगरपालिका अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गर्छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

गोरखा- पालुङटारमा नेपाली कांग्रेस र जसपाबीचको चुनावी तालमेल भाँडिएको छ। कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा भने भाँडिएको हो। 

नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुवै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको उल्लेख गरेका  छन्। यसपछि दुवै दल एकल रुपमा प्रतिस्पर्धा गर्ने सहमति भएको न्यौपानेको विज्ञप्तिमा लेखिएको छ। यसअघि पालुङटार मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो।

पालुङटार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गर्ने पालिका हो। गत निर्वाचनमा यही क्षेत्रबाट डा बाबुराम विजयी भएका थिए। डा. भट्टराइले पालुङटार नगरपालिका अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गर्छन्।


प्रकाशित: May 04, 2022| 15:13 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...