सोमबार, साउन २५, २०८३

काभ्रे दुर्घटनामा मृत्यु हुने ५ जनाको पहिचान खुल्यो

युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका-११ मा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- काभ्रेमा भएको दुर्घटनामा परी मृत्यु  भएका ५ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली छन्। यस्तै, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका ७ वर्षका छोरा संगीत भुषालको पनि मृत्यु भएको छ। 

भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको हो। 

युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका-११ मा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूमध्ये १० घाइते भारतीय छन्। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।

जिप तीव्र गतिमा रहेकोले अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रकाशित: May 04, 2022| 15:39 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।