सोमबार, साउन २५, २०८३

भाइरल 'मिदी' पक्राउ

आफू मिदी (म्यादी प्रहरी) भएको भन्दै आफूसँग नेपालको कानुन पनि डराउने भन्दै भिडियो बनाएका छन्। प्रहरीका अनुसार उनी म्यादी प्रहरी भने होइनन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- म्यादी प्रहरीको पोशाक लगाएर 'उत्तेजक' भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेका कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो। 

आफू मिदी (म्यादी प्रहरी) भएको भन्दै आफूसँग नेपालको कानुन पनि डराउने भन्दै भिडियो बनाएका छन्। प्रहरीका अनुसार उनी म्यादी प्रहरी भने होइनन्। 

‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो। तेरो दाइ मिदी भइसकेको छ। केटाहरू के खाना मन छ बाटोमै खा न हो। बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे। लड्न मन लागे लड्। कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी,' उनको सेल्फी भिडियोमा सुन्न सकिन्छ, 'माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन्।’ 

ती किशोरले आफ्ना फुपूका छोराको म्यादी प्रहरी पोशाक लगाएर भिडियो बनाएका हुन्। उनका फुपुका छोरा चाहिँ म्यादी प्रहरीमा भर्ना भएका छन्। 

प्रकाशित: May 04, 2022| 14:38 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।