शनिबार, असार ६, २०८३

देशका भिन्नाभिन्नै स्थानमा पाँच जना मृत फेला

भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा गरी पाँच जना मृत फेला परेका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा गरी पाँच जना मृत फेला परेका छन्।

National life

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहाल गाउँ बस्ने २४ वर्षीय विवेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ।  

सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका–६ स्थित सुरुङ्गा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

स्याङ्जाको आँधिखोला गाउँपालिका–२ सन्दिखोला बस्ने ५६ वर्षीया सुनमाया नेपाली सोही गाउँपालिका–५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन्। 

कपिलवस्तुको शिवराज नगरपालिका–५ पूर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका–२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

Shivam cement

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका–२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

ओमप्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका–२३ हर्पनबाट अन्नपूर्ण–२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएका थिए। 

हराएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो।  घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 04, 2022| 13:04 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।