शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्। भारतीय दैनिक हिन्दूस्तान टाइम्सले कुटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार श्रीवास्तवको नाममा भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको छ। 

National life

हाल भारतीय विदेश मन्त्रालयको इस्ट एसिया डेस्क प्रमुख रहेका कुटनीतिज्ञ श्रीवास्तव चीन मामिला विज्ञका रुपमा परिचित छन्। 

सन् २०२० मे महिनामा भारत-चीन सीमावर्ती क्षेत्र लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा देखिएको विवाद साम्य पार्न श्रीवास्तवले भूमिका खेलेका थिए।  उनको कार्यक्षेत्र भित्र चीन, जापान, दक्षिण कोरिया, उत्तर कोरिया र मंगोलिया पर्छन्। 

विगतमा उनी कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। त्यसअघि उनी चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूत थिए। 

नेपालस्थित भारतीय राजदूत क्वात्रा १५ दिनअघि भारतीय विदेश सचिवमा बढुवा भएपछि उक्त पद रिक्त छ। 

Shivam cement

प्रकाशित: May 04, 2022| 12:48 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।