बिहीबार, कात्तिक १२, २०८३

सगरमाथामा कन्सर्ट गर्ने पहिलो नेपाली बने राजु लामा

सिन्धुपाल्चोकमा जन्मे–हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– सिन्धुपाल्चोकमा जन्मे–हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्। बेपरवाह, निस्फिक्री पैदल यात्रा गर्दै पहाडको भिराला गल्छीहरुमा हिँडिरहन्छन् उनी। तर, यसपालि हिँड्नकै लागि भनेर हिमालतिर लागेनन्। बरू, सगरमाथाको उचाइमा सांगीतिक कन्सर्ट नै गरेर विश्व कीर्तिमान राखेका छन् लामाले।  

आफ्नो गायकीलाई निरन्तरता दिएझैं उनले यात्रालाई पनि निरन्तरता दिएका छन्। मंगोलियन हार्टको स्टेज यात्रा विश्वमा गरेका छन् उनले। तर यसपालि विश्वकै अग्लो सगरमाथाको क्याम्प २ र ३ को बीचमा कन्सर्ट गरे। लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका हुन्। नेपालमा बढ्दो जलवायु परिवर्तनको असरका बारेमा सन्देश दिने उद्देश्यका साथ गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। उनको यो सांगीतिक कन्सर्ट सबैभन्दा अग्लो स्थानमा गरिएको कार्यक्रम बनेको छ। 

‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ जस्ता गीत हिट छन् उनका। हिमाल र पूर्वी नेपालमा बोलिने मौलिक शब्द उनका गीत बन्छन्। गायक लामाले सार्वजनिक नभएको नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ बोलको गीत प्रस्तुत गरेका थिए। यसबाहेक उनले मंगोलियन हार्ट व्याण्डका चर्चित गीतहरु पनि गाएका थिए। लामाले एक भिडियो राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सगरमाथाको ६ हजार ५ सय ७४ मिटरको उचाइमा (क्याम्प २ र ३ को बीचमा) कन्सर्ट गर्नु ठूलो सफलता हो। यो सजिलो काम थिएन तर पातलो हावा र चुनौती मन पर्यो।’ 

द भ्वाइस अफ नेपालको जज समेत रहेका लामाले गरेको यो कन्सर्ट सम्भवतः जमिनदेखि सबैभन्दा अग्लो स्थानबाट भएको पहिलो कन्सर्ट हो।

जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभावबारे सचेतना सन्देश पुर्याउने मिशनका साथ कन्सर्ट गरेको बताएको छन् लामाले सामाजिक सञ्जालमा। उनले लेखेका छन्, ‘जलवायु परिवर्तनको मुख्य जिम्मेवार हामी हौं र ग्लोबल वार्मिङ र जलवायु परिवर्तन विरुद्ध लड्ने पनि हामी नै हो।’ 

हरेक कार्य जतिसुकै सानो किन नहोस् त्यसको महत्व हुन्छ। यस्तै सोचका साथ भविष्यका सन्ततीलाई सहयोग गरौं भनेका छन् सामाजिक सञ्जालमार्फत। यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे मा १६ तारिखमा ‘म्युजिक फर चिल्ड्रेन’ प्रतिनिधित्व गर्दै मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका हुन्।

प्रकाशित: May 04, 2022| 12:31 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।