शनिबार, असार ६, २०८३

बम भेटिएन विमानस्थलमा, सेवा सुचारू

बम राखिएको हल्लाका कारण अस्तव्यस्त बनेको त्रिभुवन विमानस्थल सुचारू भएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– बम राखिएको हल्लाका कारण अस्तव्यस्त बनेको त्रिभुवन विमानस्थल सुचारू भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले टर्मिनल भवन खाली गरेर खोजतलास गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि सेवा सुचारु भएको हो। 

National life

विमानस्थल प्रहरी कार्यालयका अनुसार यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ केहीबेरमा उडान सुचारू हुनेछ। खोजतलासका क्रममा सबै यात्रुलाई टर्मिनल भवनबाट बाहिर निकालिएको थियो। 

आज बिहान साढे १० बजेतिर विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतीक्षालयमा बम रहेको बताएका थिए। लगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।

फोन कलका कारण १ घण्टाभन्दा बढी आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको थियो। फोन पाकिस्तानी नम्बरबाट आएको बताइएको छ। विमानस्थलका ३ ठाउँमा बम भएको र १ घण्टापछि पड्किने भन्दै ‘थ्रेट कल’ आएको थियो। यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ।

प्रकाशित: May 04, 2022| 11:48 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।