बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाले आर्थिक संकटका बेला कम आय भएका परिवारलाइ विशेष भत्ता दिने

श्रीलंकाले आर्थिक संकटका बेला कम आय भएका परिवारलाइ विशेष भत्ता दिने

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, 'मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो।'
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

कोलम्बो- श्रीलंका सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ। 

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, 'मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो।' 

उनले भने, 'विश्व बैंक समूह अन्तर्गत सङ्कटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सीईआरसी) कोषको ढाँचा अन्तर्गत मे देखि जुलाईसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रीमण्डलले अनुमोदन गरेको छ।'

श्रीलंकामा लामो समयसम्म कोभिड–१९ तथा अन्य कारणले पर्यटकीय गतिबिधि बन्द हुँदा व्यापक आर्थिक मन्दीको सामना गर्नु परेको छ। यहाँको खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ। 

प्रकाशित: May 03, 2022| 23:10 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।