बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारका लागि आवाज उठाउन राष्ट्रपतिको आग्रह

अमेरिकामा गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारका लागि आवाज उठाउन राष्ट्रपतिको आग्रह

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

वाशिङ्टन- अमेरिकी मतदाताहरूले गर्भपतनको ’मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार बताएका छन्।

सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उनले बताएका हुन्। 

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए। 

तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानून राज्यहरूको आ–आफ्नो कानूनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उहाँले एक पत्रकार सम्मेलनमा बताएका हुन्। 

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको गोप्य रूपमा बाहिरिएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाएको भनाइ अमेरिकी अधिकारीहरूको छ।

kumari

पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेको भन्ने समाचारहरू सार्वजनिक भएका हुन्। 

यदि सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुने छ। न्यायाधीशहरूले जुलाई महिनाको सुरुवातभन्दा अगाडि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ।

प्रकाशित: May 03, 2022| 22:40 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।