शनिबार, असार ६, २०८३

मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए। 

National life

अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपीत दुई जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भइ काठमाडौंको बनस्थली बन्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौंको नागर्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन्। तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिलाल अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ।

उक्त घटना शंकास्पद देखिएपछि प्रहरी वृत्त स्वयम्भूसहित, जिल्ला प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साथै महाराजगञ्जस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकको टोलीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको परिसरले जनाएको छ। 

Shivam cement

प्रकाशित: May 03, 2022| 21:36 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।