बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा बढ्दै कोरोना, २४ घण्टामा ३ हजार ३२४ जना संक्रमित थपिए

भारतमा बढ्दै कोरोना, २४ घण्टामा ३ हजार ३२४ जना संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको संख्या उकालो लागेको छ। पछिल्लो २४ घण्टाको समयावधीमा तीन हजार ३२४ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

नयाँ दिल्ली- भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको संख्या उकालो लागेको छ। पछिल्लो २४ घण्टाको समयावधीमा तीन हजार ३२४ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन्। 

यससँगै कुल संक्रमितको संख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो। २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ।  हाल  राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ। 

भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

kumari

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ८७६ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार  २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित: May 02, 2022| 05:30 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।