बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मारिउपोलस्थित स्टिल उद्योगबाट ५० जनाको उद्धार गरेको रुसको दाबी

मारिउपोलस्थित स्टिल उद्योगबाट ५० जनाको उद्धार गरेको रुसको दाबी

युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ। रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

मस्को- युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ। रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ।

'यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ,' मन्त्रालयले भनेको छ।    

ती मध्ये २५ जनाले दिउसोतिर त्यो ठाउँ छोडेका थिए भने बेलुकातिर २१ जनाले छोडेका थिए। त्यसपछि उनीहरूलाई मारिउपोलबाट रुस तर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ। 

युद्धविरामको समयमा ती सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिऊपोल स्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको रुस र युक्रेन दुवैले पुष्टि गरेका छन्।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरु थुनिएका थिए। थुनामा रहेका अन्य झण्डै एक हजार सर्वसाधारणहरूलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको छ।  

kumari

प्रकाशित: May 02, 2022| 04:30 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।