बिहीबार, फागुन २१, २०८२

फिलिपिन्सको निर्वाचन अन्तिम चरणमा

फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ। मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

मनिला- फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ। मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ। 

हरेक छ / छ वर्षमा हुने निर्वाचन भएकाले अहिले कोरोना भाइरसको महामारीको खतरालाई समेत प्रवाह नगरी नेता कार्यकर्ताहरू चुनावी अभियानमा लागेका छन्। 

उनीहरूले चुनावी भाषणसँगै नाच गान मार्फत पनि आफ्ना सन्देश तथा चुनावी एजेण्डाहरू प्रस्तुत गर्ने गरेका छन्। चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूको खरो आलोचना गर्दै आफ्नो पक्षलाई राम्रो देखाउने प्रयास गरेका छन्।

उनीहरूले चुनाव प्रसार प्रसारका लागि एकातिर सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका छन् भने अर्को तर्फ घरदैलो कार्यक्रम मार्फत मतदाताहरूलाई भेट्ने र भोट माग्ने पनि गरेका छन्। 

भोट माग्ने काममा कलाकार तथा विभिन्न क्षेत्रमा चर्चित व्यक्तित्वहरू समेत सक्रिय भएको पाइएको छ।   

kumari

सबै उम्मेदवारहरूले महामारीका कारण थला परेको अर्थतन्त्रलाई उठाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी घटाउने, महङ्गी कम गराउने लगायतका विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। 

फिलिपिन्समा आगामी मे ९ तारिखमा मतदान हुन लागेको छ। निर्वाचन मार्फत नयाँ राष्ट्रपति, उपराष्ट्रपति, २४ मध्ये १२ सिनेट सदस्य र प्रतिनिधि सभा सदस्यहरू चयन हुनेछन्।  निर्वाचन आयोगले हजारौँ अन्य स्थानीय जनप्रतिनिधिहरू समेत चयनका लागि निर्वाचन हुन लागेको जनाएको छ। 

विभिन्न सर्वेक्षणहरूले पूर्व राष्ट्रपति फेर्डिनान्ड मारकोसका ६४ बर्षका छोरा फेर्डिनान्ड मारकोस जुनियर अगाडि रहेको देखाएका छन्। 


प्रकाशित: May 01, 2022| 05:30 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।