आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • गोल्डम्यानका संस्थापक दीपेन्द्र अग्रवाल भारत फरार, सीआईबीको अनुसन्धानबाट जोगिने प्रयास

Siddartha premir insuranceSiddartha premir insurance

गोल्डम्यानका संस्थापक दीपेन्द्र अग्रवाल भारत फरार, सीआईबीको अनुसन्धानबाट जोगिने प्रयास

चैत २० गते धितोपत्र बोर्ड ऐन २०६३ र कम्पनी ऐन २०६३ विपरीत वित्तीय अपराध सम्बन्धी काम गरेको ठहर गर्दै धितोपत्र बोर्डले उनीविरुद्ध थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। धितोपत्र बोर्डले पनि उनीमाथि इन्साइडर ट्रेडिङ गरेको र दर्ता नभई कोष व्यवस्थापक सम्बन्धी काम गरिरहेको मुद्दामा अनुसन्धान गरिरहेको छ।
 |  शनिबार, वैशाख १७, २०७९
nespernesper

किशोर दाहाल

किशोर दाहाल

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष तथा सेयर खेलाडी दीपेन्द्र अग्रवाल फरार भएका छन्। धितोपत्र बोर्ड र केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान छल्न उनी भारत पुगेको बताइएको छ।  

triton college

भ्रामक प्रचार सामाग्री बनाएर संस्थापक सेयरधनीको नाममा जथाभाबी रकम उठाइरहेका अग्रवाल भारततर्फ भागेको हुनसक्ने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को भनाई छ। धितोपत्र बोर्डले पठाएको पत्रका आधारमा सीआईबीले वित्तीय अपराध र ठगी हो वा होइन भनेर कानुन व्यवसायीसँग परामर्श गरिरहेको समयमा उनी भारत फरार भएका हुन्। ठगी भयो भनेर कुनै पनि पीडितले अहिलेसम्म उजुरी नदिएकाले ठगीका आधारमा अनुसन्धान अगाडी नबढेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए। वित्तीय अपराधसम्बन्धी अध्ययन भने भइरहेको उनको भनाई छ। 

'गोल्डम्यानका संस्थापक अग्रवाल भारततर्फ फरार भएको हामीले जानकारी पाएका छौं', उनले भने, 'उनीविरुद्ध सीआईबीले अध्ययन गरिरहेको छ। कुनै पनि पीडितले ठगिएको आरोपमा उजुरी दर्ता नगराएकाले हामीले ठगी सम्बन्धी मुद्दा अगाडी बढाउन सकेनौं। बाँकी वित्तीय अपराधको पाटोबाट हामीले अध्ययन गरिरहेका छौं। कागजात हेरेपछि वित्तीय अपराध हो वा अरू केही हो भनेर निर्क्योल हुन्छ।' 

चैत २० गते धितोपत्र बोर्ड ऐन २०६३ र कम्पनी ऐन २०६३ विपरीत  वित्तीय अपराध सम्बन्धी काम गरेको ठहर गर्दै धितोपत्र बोर्डले उनीविरुद्ध थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। धितोपत्र बोर्डले पनि उनीमाथि इन्साइडर ट्रेडिङ गरेको र दर्ता नभई कोष व्यवस्थापक सम्बन्धी काम गरिरहेको मुद्दामा अनुसन्धान गरिरहेको छ।  

गोल्डम्यान फेसबुक, युट्युब, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भ्रामक प्रचार सामाग्री राखेर १० वर्षमा १०० गुणा प्रतिफल दिने भिडियो सामाग्री अपलोड गरेका थिए। धितोपत्र बोर्डले गृह र अर्थमन्त्रालयको साथ लिएपछि उक्त सामाग्री सामाजिक सञ्जाल र गोल्डम्यानको वेवसाइडबाट पनि हटाइएको थियो। 

Metro Mart
vianet

के थियो गोल्डम्यानको योजना?

कम्पनीले १० वर्षमा १०० गुणा प्रतिफल दिनेभन्दै संस्थापक लगानीकर्ताका लागि वेवसाइडमार्फत लगानीका लागि आह्वान गरिएको थियो। अहिले १० लाख लगानी गरेमा १० वर्षमा १० करोड प्रतिफल प्राप्त गर्ने योजना अग्रवालले प्रस्तुत गरेका थिए। १० वर्षमा ५० कम्पनी स्थापना गरी प्रत्येक कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गराउने भएकाले उच्च प्रतिफलको सपना अग्रवालले देखाएका थिए। अहिले १० लाख लगानी गर्ने लगानीकर्ताले आगामी १० वर्षमा औसत १० हजार प्रतिकित्ताका दरले दोस्रो बजारमा कारोबार हुने भएकाले १० करोड सकिने भिडियो सामाग्रीमा उल्लेख गरिएको थियो। 

 अहिले १० लाख लगानी गरेमा १० वर्षमा १० करोड प्रतिफल प्राप्त गर्ने योजना अग्रवालले प्रस्तुत गरेका थिए।

एक कम्पनीको कम्पनीको औसत लगानी १० करोड, एक कम्पनीको औसत पब्लिक सेयर १ लाख, धितो बजारमा सूचीकृत भएपछि कम्पनीको औसत प्रतिसेयर मूल्य ५ हजार रुपैयाँ, ५० कम्पनीको सूचीकृत औसत सेयर बजार पुँजी ५ अर्ब, १० वर्षमा गोल्डम्यानले ५० कम्पनीको सेयर बिक्री गर्दा हुने पुँजीगत लाभ २ खर्ब ५० अर्ब पुग्ने योजना सार्वजनिक भएको थियो। 

प्रिमियमा उठाइएको पुँजीलाई आयआर्जन, रोजगारी, उत्पादन वृद्धिमा टेवा पुग्ने क्षेत्रमा लगानी गर्ने बताइएको थियो। यो आर्थिक वर्षभित्र गोल्डम्यानलाई नेप्सेमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनी स्थापना गरी व्यावसायिक सफलता हासिल गर्दै धितोपत्रमा सूचीकृत गराउने, वित्तीय सेवा र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने, नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्ने, सेयरधनीहरूलाई व्यवसाय विस्तार र क्षमता अभिवृद्धिमा सहयोग गर्नेलगायतका प्रलोभन देखाइएको थियो। 

दोस्रो बजारमा एकल लगानीकर्ताले खासै ठूलो लाभ लिन नसक्ने भन्दै आफ्नो कम्पनी मार्फत लगानी गर्न आह्वान गरिएको थियो। लगानीको जोखिम, लगानीको ज्ञानको अभाव, किन्ने र बेच्ने कौशलताको अभाव, भावनात्मक नियन्त्रण नहुँदा नाफा कमाउन नसक्ने, समयको अभाव, विविधीकरणका लागि लगानीको अभाव हुने भिडियोमा उल्लेख छ। 

यस कम्पनीअन्तर्गत ५० वटा क्षेत्रगतमा लगानीको विविधीकरण गरिने बताइएको छ। जसअन्तर्गत हाल तीन परियोजनाहरूमध्ये ६ करोड लागतमा मेगा माइनिङ लिमिटेड (भकुण्डे काभ्रे) काम सम्पन्न भएको बताइएको छ। यसैगरी १० करोड लागतमा टोखा काठमाडौंमा स्मार्ट डोर लिमिटेड कम्पनी सञ्चालनमा रहेको यसको ८० प्रतिशत काम सकिएको बताइएको छ।

आगामी योजनाहरूमा अनुमानित ८ करोड लागतमा उड प्लास्टिक कम्पोजिड, ब्रेक सु फर कार अनुमानितलागत ८ करोड, लुब्रिकेन्ट्स अनुमति लागत १० करोड निर्माण गरिने उल्लेख गरिएको छ। 

सूचना प्रविधि, शिक्षा, सेयर बजार, अस्पताल तथा औषधि, वित्तीय सेवाहरू, पूर्वाधार विकास, निर्माण, कृषि, जलविद्युत्, घरजग्गा, अटोमोबाइल, आयात निर्यात, हस्पिटालिटी, मल तथा कम्प्लेक्सलगायतका क्षेत्रमा १० करोडसम्मका ५० कम्पनी सञ्चालन गरिने उल्लेख छ। 

त्यस्तै एक अर्को भिडियोमा अग्रवालले निर्मल प्रधानसहितका केही लगानीकर्ताहरू भेला पारेर अर्को बुल मार्केटमा कम्पनीले दोस्रो कारोबार गर्ने बताएका छन्। उनले सो भिडियोमा भविष्यमा युनिलिभिर जस्तै बढी सेयर मूल्य भएको कम्पनी बनाउने दाबी गरेका छन्। त्यसका लागि कम्पनीको थोरै मात्रै सेयर दर्ता गराउने र सेयरको आपूर्ति कम भएपछि माग बढ्दा सेयर मूल्य १० हजारमाथि पुग्ने उनको दाबी छ।

१० पुस २०७८ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थितिमा गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको उद्घाटन गरिएको  थियो। उक्त कार्यक्रममा लगानीकर्ता निर्मल प्रधान पनि उपस्थित थिए। अग्रवालले आफूलाई समाजवादी पार्टीको कार्यकर्ता भएको समेत दाबी गर्दै आएका थिए। 

उनले भिडियोमा आफूहरूले लगानी गर्न जानेको र ५० लाखले सेयर बजारलाई नै प्रभावित गर्न सकिने जस्ता अभिव्यक्ति दिएका छन्। 

कम्पनीले आफ्नो वेबसाइटको सुरुवातमा नै ‘ई–केवाइसी फारम’ राखी न्यूनतम १० लाख रुपैयाँ लगानी गर्न आह्वान गरेको छ। न्यूनतम १० लाख रुपैयाँ बराबरको १५० रुपैयाँका दरले ६ हजार ६६७ कित्ता सेयर खरिद गन आह्वान गरिएको छ। गोल्डम्यानले प्रभु बैंकको खातामा उक्त रकम जम्मा गर्न आग्रह गरेको थियो। १० पुस २०७८ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थितिमा गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको उद्घाटन गरिएको  थियो। उक्त कार्यक्रममा लगानीकर्ता निर्मल प्रधान पनि उपस्थित थिए। अग्रवालले आफूलाई समाजवादी पार्टीको कार्यकर्ता भएको समेत दाबी गर्दै आएका थिए। 

उनले पार्टीको आँडमा धितोपत्र बोर्ड तालाबन्दी गर्ने, गभर्नरको राजीनामा माग गर्ने र अर्थमन्त्रालयमा बोर्डका अधिकारीलाई धम्काउनेसम्मका काम गरेका थिए। 

'अग्रवालले राजनीतिक आँटमा हामीलाई निकै दबाब दिएका थिए। धितोपत्र बोर्डमा उनकै नेतृत्वमा ताला लगाएर बोर्डका कर्मचारीलाई थुन्ने काम भयो। यस विषयमा अर्थमन्त्रालयमा छलफल हुँदा बजार हितमा काम गर्न नसक्ने तपाईंहरू किन बस्नुहुन्छ। राजीनामा थिए भइहाल्यो नि भनी तत्कालीन अर्थमन्त्री खतिवडाका अगाडी हप्काएका थिए', बोर्डका एक अधिकारी बताउँछन्। 

उनले 'क्लब हाउस' मा लगानी गर्नका लागि वित्त कम्पनीहरूको सेयर खरिद गर्नका लागि सुझावहरू दिने गर्थे। राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइप्रति आक्रोश व्यक्त गर्दै गभर्नरको राजीनामा समेत माग गर्थे। यति मात्रै होइन अग्रवालका विरुद्ध कसैले प्रश्न गर्‍यो भने तिमीले के जानेको छौ र ? हामीले नेपालको सेयर बजारको विकास गरेको भन्दै आक्रोश व्यक्त गर्थे। 

गैरकानुनी काम र धितोपत्र बोर्डको अपिल

संस्थागत लगानीकर्ताको नाम उठाइएको रकम कम्पनी ऐन २०६३ को दफा ९ विपरीत देखिन्छ। कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुँदा नै न्यूनतम लगानीकर्ताको संख्या खुलाउनुपर्छ। तर, गोल्डम्यानले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर कम्पनी सञ्चालनमा ल्याई उद्घाटनसमेत गरिसकेको स्थितिमा खुलेआम संस्थापक लगानीकर्ता खोजी गरेको देखिन्छ। 

गोल्डम्यानले आफूलाई पब्लिक लिमिटेड कम्पनी रहेको दाबी गर्छ। पब्लिक लिमिटेड कम्पनी हुनका लागि कम्तीमा ७ जना लगानीकर्ता र बढीमा जति पनि हुन सक्ने व्यवस्था ऐनले गरेको छ।

त्यस्तै, कम्पनीले धितोपत्र ऐनको दफा २९ (१) ले कुनै पनि संगठित संस्थाले ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्नुपर्ने भएमा अनिवार्य रूपमा सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ। 

‘कुनै पनि संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणका निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने छ’, ऐनमा भनिएको छ।

सर्वसाधारणसँग कुनै रकम नउठाएको तर एउटा समूह बनाएर उठाइरहेको भन्दै उनले भनेका थिए ‘हामीले क्लोज ग्रुपअन्तर्गत केही साथीभाइसँग संस्थापक सेयर बिक्रीका लागि मात्रै रकम उठाएका हौं। सर्वसाधारणसँग पैसा उठाएका छैनौं।’ 
यसैगरी यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिई दोस्रो बजारमा कोष व्यवस्थापक (लगानीसम्बन्धी) काम गरेको पाइएको छ। जुन धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ विपरीत देखिएको हो। धितोपत्र बोर्डको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ ले प्रस्ट रूपमा कोष व्यवस्थापकको काम गर्न बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको  छ।

नियमावलीको परिच्छेद २ को नियम ३ (१) मा कोषको स्थापना तथा सञ्चालन गर्न चाहने कोष व्यवस्थापकले बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनुपर्ने भनिएको छ। 

यसैगरी कम्पनी ऐनले लगानीसम्बन्धी काम गर्नका लागि धितोपत्र बोर्डमा अनुमति लिएको १५ दिनभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ।

यो नियमावली प्रारम्भ हुनुअघि सरकारको स्वीकृति लिई वा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको कोष व्यवस्थापकको हकमा यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र कोष व्यवस्थापकको अनुमति लिन निवेदन दिइसक्नुपर्ने भन्ने व्यवस्था गरेको छ। धितोपत्र बोर्डले शुक्रबार एक सूचना जारी गर्दै यस्ता कामलाई गैरकानुनी भएको बताएको छ।

'धितोपत्र ऐन,२०६३ अन्तर्गत बनेका नियमावली, विनियमावली निर्देशिका बमोजिम धितोपत्र सार्वजनिक, निष्कासन,धितोपत्रको खरिद बिक्री,डिम्याट तथा खाता सञ्चालन, लगानी व्यवस्थापन, शेयर रजिस्ट्रार, संस्थागत परामर्श, सामूहिक तथा विशिष्टीकृत लगानीकोष सञ्चालन जस्ता कार्यहरू धितोपत्र बोर्डबाट अनुमति लिई गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराइन्छ',सूचनामा भनिएको छ। यस्ता काम धितोपत्र बोर्डको अनुमति नलिई गरेको पाएमा कारबाही हुने समेत बोर्डले बताएको छ। 

हाल बजारमा केही व्यक्तिहरूले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरू स्थापना गरी सामाजिक सञ्जाल मार्फत प्रलोभन देखाएर आह्वान गरेको प्रति बोर्डको ध्यानाकर्षण भएको सूचनामा भनिएको छ।

भ्रामक प्रचारको पछाडि लागेर यस्ता कम्पनीहरूमाथि लगानी नगर्न तथा लगानी गर्दा सचेत हुन समेत बोर्डले सर्वसाधारणलाई आग्रह गरेको छ।   

गैरकानुनी धन्दाबाट बारेन बफेट बन्ने अग्रवालको सपना

भारत फरार रहेका सेयर खेलाडी दीपेन्द्र अग्रवाल गोल्डम्यान कम्पनी मार्फत अमेरिकी लगानीकर्ता बारेन बफेट बन्ने सपना देखेका थिए। केही समय अगाडी यस समाचारको पत्तिकारसँग कुराकानीका क्रममा आफूले कुनै पनि गैरकानुनी काम नगरेको बताएका थिए। 

‘हामीले विभिन्न ५० कम्पनी स्थापना गरेर करिब ३ वर्षमा ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेका छौं। उक्त मोडलबाट प्राप्त हुने पुँजीगत लाभका आधारमा आम्दानी गर्छौं’, उनले भने , ‘यस्तै खालको मोडलमा बफेटले हाथवेजस्तो विशाल कम्पनी खडा गरेका थिए। र, हाम्रो सपनामा पनि बफेडकै मोडलमा अगाडी बढ्ने हो।’

सर्वसाधारणसँग कुनै रकम नउठाएको तर एउटा समूह बनाएर उठाइरहेको भन्दै उनले भनेका थिए ‘हामीले क्लोज ग्रुपअन्तर्गत केही साथीभाइसँग संस्थापक सेयर बिक्रीका लागि मात्रै रकम उठाएका हौं। सर्वसाधारणसँग पैसा उठाएका छैनौं।’ 

तर, धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो। धितोपत्र बोर्डले गोल्डम्यान संस्थापक फरार रहेकै समयमा उक्त सूचना जारी गरेको हो। 

नेपाल राष्ट्र बैंकले गोल्डम्यान कम्पनीको बैंक खाता रोक्का गरेको छ। अग्रवाल फरार रहे पनि कम्पनीका अन्य लगानीकर्ताहरूसँग अनुसन्धान गरिरहेको बताएको छ। अग्रवालले चैत २२ गते एक साउद इन्डियन चलचित्रको पोस्टर फेसबुकमा पोस्ट गर्दै फरार भएका हुन। उक्त पोस्टरभित्र म झुक्दिन 'मे झुकेका नहीँ' लेखिएको छ।

प्रकाशित: Apr 30, 2022| 11:10 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्