बिहीबार, फागुन २१, २०८२

चीनमा ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

बेइजिङ- चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन्। पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन्। यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ। चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन्।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन्। सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ। यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन्।

प्रकाशित: Apr 30, 2022| 05:30 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।