बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गरेका हुन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

रियाद- साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिले शुक्रबार भेटवार्ता गरेका छन्। 

राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गरेका हुन्।

आफूहरूको भेटवार्ता अत्यन्त उपलब्धीमूलक भएको र आपसी सम्बन्धमा नयाँ युगको सुरुवात भएको टर्कीका राष्ट्रपति एर्दोगानको भनाई छ । 

उनले भनेका छन्, 'साउदी अरबका राजा र युवराजसँग मेरो भेटवार्ता ऐतिहासिक भएको छ, यो भेटवार्तासँगै दुई देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।'

दाजुभाइ जस्ता दुई छिमेकी मुलुकका बीचमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको पनि उनले जानकारी दिए। 'एक अर्कालाई सम्मान गर्दै राजनीतिक, आर्थिक, सांस्कृतिक र सैन्य क्षेत्रमा एक अर्कालाई सघाउने र सहकार्य गर्ने सहमति भएको छ,' उनले भने। 

kumari

राष्ट्रपति एर्दोगानका अनुसार स्वास्थ्य सेवा, उर्जा, खाद्य सुरक्षा, कृषि प्रविधिलगायतका विषयमा पनि सहकार्य गर्ने तयारी भएको छ। 

सहकार्यलाई बढाउने दुवै देशको संयुक्त चासो र रुचि भएकाले भविष्यमा सहकार्य गर्ने सहमति प्रभावकारी रुपमा कार्यान्वयन हुने पनि उहाँले विश्वास व्यक्त गरे।

प्रकाशित: Apr 30, 2022| 04:30 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।