बिहीबार, फागुन २१, २०८२

अफगानिस्तानमा फेरि विस्फोटन, कम्तीमा १० जनाको मृत्यु

अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काबुल- अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन। 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानको संघीय राजधानी काबुलमा रहेको सुन्नी मस्जिदमा शुक्रबार अर्को विस्फोटन भएको छ।

विस्फोटनमा परी कम्तीमा १० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। अघिल्लो शुक्रबार पनि विस्फोटनको घटनामा परी मानवीय क्षति भएको थियो। 

पछिल्लो समय विषेश गरेर हरेक शुक्रबार विस्फोटनका घटना हुने गरेको पाइएको हो। यस शुक्रबार पनि साप्ताहिक नियमित प्रार्थना सकिएको केही समयपछि प्रार्थनास्थल मस्जिदमा विस्फोटन भएको हो। 

घटनामा परी कम्तीमा १५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। 

kumari

प्रकाशित: Apr 30, 2022| 00:10 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।