शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो।
 |  बिहीबार, वैशाख १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

बेइजिङ- कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो। 

himalayan bank box

सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। 

'विद्यार्थीहरूको बिदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो,' सरकारी एक अधिकारीले भने। 

महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए। 

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने शर्त राखिएको छ।

Metro Mart
vianet

विद्यालय अव पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार बेइजिङमा बुधवार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक सङ्क्रमण भएको पुष्टि गरिएको छ।   

प्रकाशित: Apr 28, 2022| 23:00 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।