बिहीबार, फागुन २१, २०८२

युक्रेनसँग फेरि वार्ता गर्न रुस सहमत

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। 

रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको जनाएका थिए।

युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनको भनाइ थियो। उनले यसअघिका वार्ता युक्रेनकै कारण सफल हुन नसकेको दाबीसमेत गरेका थिए।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि पनि पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्। 

प्रकाशित: Apr 28, 2022| 06:43 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।