बिहीबार, फागुन २१, २०८२

अमेरिकाकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

वासिङ्टन - अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट संक्रमित भएकी छन्। 

कोरोनाको लक्षण देखिएपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

'उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,' उनका प्रवक्ताले भनेका छन्।  

प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ। 

उनी राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिएका छन्। 

kumari

अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ वर्षीया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गर्नु भएको र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहेको उनको कार्यालयले जनाएको छ। 

प्रकाशित: Apr 27, 2022| 22:01 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।