शुक्रबार, वैशाख १४, २०८१

समाजले खोजेको अन्तरविरोधी राजनीतिक चरित्र

समाजको संस्कार, चिन्तन र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्दैन। राजनीति र नेताहरुको आचरणमा परिवर्तन सुस्त हुन्छ।
 |  बिहीबार, वैशाख १५, २०७९

भानु बोखिम

भानु बोखिम

बिहीबार, वैशाख १५, २०७९

राजनीतिज्ञ र राजनीतिक दलको गुण, चरित्र र उद्देश्यको बारेमा चर्चा चलिरहन्छ। चुनावको माहौलमा यसको बहस र छलफल अझ तिव्र हुन्छ। अहिले कस्तो नेता चुन्ने भनेर सामाजिक सञ्चालनदेखि मिडियामा विचारहरु प्रकाशित भइरहेका छन्। एकाध कलाकार तथा लेखकको उम्मेदवारीले यो बहसमा मलजल गरेको छ। यसले समाजले स्वच्छ छवि र असल गुणहरुले युक्त नेताको खोजीमा बताउँछ। 

triton college

हामीले खोजेको राजनीतिक चरित्र तत्काल पाउने सम्भावना भने देखिँदैन। यसको प्रतिक्षामा लामो समय खर्चिनुपर्ने हुन्छ। यो सोच, विचार वा अभिव्यक्ति निराशाजनक सुनिएला। यथार्थ यो हो कि राजनीतिको चरित्र समाजको संस्कार, आचरण र अभ्याससँग जोडिएको हुन्छ। समाजको संस्कार र अभ्यास चाँडै परिवर्तन हुन ठूलै उथलपुथल हुनुपर्छ। ठूलो उथलपुथल हुँदा समाजले क्षति पनि उत्तिकै ब्यहोर्न सक्छ। यस अर्थमा समाजको चरित्रमा बदलाव आउन समय लाग्छ। समाजको चरित्र यथावत् राखेर एउटा नियमित प्रणालीमा अघि बढेको राजनीति रातारात बदलिँदैन। 

डोरबहादुर विष्टका अनुसार हामी नेपालीको सामाजिकरण भाग्यवादी दर्शनबाट अत्यधिक प्रभावित छ। विविधता शक्ति हो भनेर एउटा भाष्य तयार पारेका छौं। तर यसको व्यावहारिक पाटो अत्यन्तै फितलो छ। सामाजिक, सांस्कृतिक स्तरिकरणको मजबुत प्रभाव रहेको नेपाली समाजमा समुदायहरुबिच सिमारेखा छन्। विभाजित समुदायले सानो ठूलो हुनुको पहिचान मात्र बोकेका छैनन्। आ–आफ्नै जातको अभिमान पनि बोकेर बाँचेका छन्।

विभाजित र अभिमान युक्त समुदायमा सामूहिक हित र चेतना भएका व्यक्तिहरु विरलै हुन्छन्। उनीहरु पहिले त समुदायको हितमा केन्द्रीत हुन्छ। तर आफ्नो समुदायको हित खोज्दाखोज्दै उनीहरु भित्र व्यक्तिवादी चरित्र विकास भइसकेको हुन्छ। अभाव र गरिबी नेपाली समाजको अर्काे यथार्थ हो। यस्तो समाजमा आफ्नो हित खोज्ने कार्य अलि बढी नै हुन्छ। यसको प्रभाव नेपाली राजनीतिमा फैलिँदै गएको छ। यी आचरण र अभ्यासको नकारात्मक प्रभावले उच्चत्तम विन्दु छोएपछि मानिसको सोच्ने शैलीमा परिवर्तन आउन सक्छ। भौतिक सम्पत्ति, पद र शक्तिको आधारमा व्यक्तिलाई प्रतिष्ठा दिने समाजको विद्रूप रुप देख्न बाँकी नै छ। 

यथार्थ यो हो कि राजनीतिको चरित्र समाजको संस्कार, आचरण र अभ्याससँग जोडिएको हुन्छ। समाजको संस्कार र अभ्यास चाँडै परिवर्तन हुन ठूलै उथलपुथल हुनुपर्छ।

हामी एक आदर्श राजनीतिको चाहना राखिराखेका छाै‌। दुनियाँको सबै देशको नागरिकको चाहना यहि नै हो। राजनीतिमा हाम्रो चाहना र यथार्थको तालमेल मिलिरहेको छैन। सबै बेथितिको दोष हामी राजनीतिलाई दिइरहेका छाै‌। राजनीति सर्वाेच्च नीति भएकोले यसरी सोच्नु अस्वाभाविक पनि हैन। तर राजनीतिज्ञ तथा नेताको सोच समाजमा बस्नेको चिन्तन भन्दा फरक हुन सक्दैन। हामीले देखेका धेरै नेता डगमगाउने प्रवृत्तिका छन्, जो विचारले हैन, भिडको संवेदना पकडेर राजनीति गर्छन्। यस्तो अवस्थामा नेतालाई सुधार्न भिडले पनि सोच बदल्न जरुरी छ। भिड भनेको समाजको बिम्ब पनि पनि हो।

corrent noodles
Metro Mart

समाजको संस्कार, चिन्तन र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्दैन। राजनीति र नेताहरुको आचरणमा परिवर्तन सुस्त हुन्छ। एकाध नेताहरु बेला बेलामा जन्मिन्छन् जो फरक विचारले समाजलाई डोर्याउन चाहन्छन्। तर यो काम त्यति सजिलै सफल हुँदैन। जसको ज्वलन्त उदाहरण हामी छिमेकी मुलुक भारतमा देख्न सक्छौं। महात्मा गान्धीको अहिंसावादी विचार विश्वप्रशिद्ध छ। अधिकांश भारतियले गान्धीलाई सम्झन्छन् तर उनको विचारलाई आत्मसात् गरेको चाहिँ विरलै पाइन्छ। गान्धीकोे विचार आत्मसात् गरेको भए अधिकांश भारतीय भारतीय जनता पार्टीको भड्काउ राजनीतिको पछि लाग्ने थिएनन्। त्यसैले एउटा नेताले सिंगो समाजलाई तत्काल बदल्न सक्दैन। राजनीतिप्रति दोषारोपण गर्दैमा राजनीति बदलिँदैन।

राजनीति र समाजको अन्योन्याश्रित सम्बन्ध हुन्छ। राजनीतिको उद्देश्य, क्षेत्र र लक्ष्यबारे राजनीतिक विद्धान तथा विचारकले फरक फरक सिद्धान्त, विचार र दर्शन प्रतिपादन गरेका छन्। सबैको उद्देश्य एक आदर्श समाज स्थापना गर्नु हो। विद्धानको विचार र राजनीतिको अभ्यास सम्पूर्ण रुपमा तालमेल खाँदैन भन्ने कुरा विश्व राजनीतिले प्रमाणित गर्दै आएको छ। राजनीतिक वा राजनीतिक दलको उद्देश्य र लक्ष्य समाजको सहकार्यसँग जोडिन्छ। समाजले एक आदर्श राजनीतिक दल र नेताको परिकल्पना गरे पनि आफ्नै खराब चरित्रलाई भने नजरअन्दाज गरिरहेको छ। 

समाजको संस्कार, चिन्तन र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्दैन। राजनीति र नेताहरुको आचरणमा परिवर्तन सुस्त हुन्छ।

राजनीति बिना देश, समाज चल्दैन। यो सर्वाेच्च नीति भएकोले विधी र थितीमा चल्नुपर्छ। तर राजनीतिमा ढोंग मौलाएको छ। राजनीतिज्ञ, सरकार, कर्मचारी वा देशका संस्थाहरुको लागि प्रतिवादन भएका ऐन, कानुन तथा नियमहरु कागजमै सीमित रहन्छन्। सुशासन र पारदर्शिता सबै क्षेत्रबाट हराइरहेको छ। पदमा रहेर जिम्मेवारी बहन गरेका अधिकांश कर्मचारीहरु तथा राजनीतिमा संलग्न अधिकांश नेताले नियम पालन गरेका छैनन्। केवल नियम पालनको अभिनय गरिरहेका छन्। कारण यो हो कि समाजको यथार्थ बोल्न सक्ने अवस्थामा कोही छैनन्।

उदाहरणको रुपमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको निर्वाचन खर्चसँग जोडिएको अभिव्यक्तिलाई लिन सक्छौं। पछिल्लो निर्वाचनमा शशांक कोइरालाले ७ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएका थिए। सरकारको निम्ति आफैंमा निर्वाचन खर्चिलो प्रणाली पनि हो। तर यो लोकतन्त्रको सौन्दर्य भएकोले निर्वाचनको खर्चलाई नकारात्मक रुपमा लिइँदैन। तर निर्वाचनमा एक उम्मेदवारको करोडांै खर्च हुनु आफैँमा खराब संकेत हो। यस्तो खर्च शशांक कोइरालाको मात्र भएको हैन। अन्य निर्वाचन क्षेत्रमा पनि मतदाता बनाउन र कार्यकर्ता परिचालन गर्न खर्चिलो नै छ। तर अरुले शशांकले जस्तो सत्य बोल्न आट गरेका छैनन्। सत्य बोल्दाको झमेला र बोझबारे सबै जानकार छन्। यहि अभिव्यक्तिका कारण कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। निर्वाचन आयोगले प्रश्न सोध्दैमा उम्मेदवारको निर्वाचन खर्च घट्दैन, कारण समाजको चरित्र लेनदेनमुखी छ। 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेताहरु दल बदलेर पनि उम्मेदवार हुन खोजिरहेका छन्। राजनीति मार्फत पद प्राप्तिको लागि किन यति मरिहत्ते गरिरहेका छन्। उत्तर यहि हो कि समाजले आदर्श व्यक्तिलाई चिन्दैन। समाजले असल भन्दा पनि, लाभ दिन सक्ने व्यक्तिलालई मात्र सम्मान गर्छ। जब समाजमा सम्मान द्रव्यमा बिक्छ, तब समाजमा सबै चिज खर्चिला हुन्छन्। अहिले निर्वाचन खर्चिलो भएको छ। निर्वाचन खर्चिलो भएपछि नेतामा आदर्श हराउँछ। नेतामा आदर्श हराएपछि जिम्मेवारीबोध हुँदैन। जिम्मेवारी बोधको अभावले सुशासन र पारदर्शिता ओझेल पर्छन्। जनताको लागि हुनुपर्ने कामहरु हुँदैनन्। हुनुपर्ने कामहरु नभएपछि जनगुनासो बढ्छ। तर यो जनगुनासो उब्जिने कार्यलाई निरपेक्ष भएर हेर्नु चाहिँ उचित हुँदैन। समाजले आदर्श राजनीति खोजिरहँदा आफ्नो आदर्श र वसुल के हो भन्ने पनि सम्झिनु पर्छ। 

गुनासा र अपेक्षाले अगाडि बढ्न प्रेरित गर्छ। यस अर्थमा राजनीतिक दल र नेतासँगको गुनासो सही छन्। तर समाजको स्वभाव निर्वाचनमा पनि प्रतिविम्वित हुन्छन् नै। हाम्रो कामको परिणाम हाम्रै चरित्रको अनुसार हुन्छ। समाजको चरित्रभन्दा अलग राजनीतिक संस्कार र परिणाम हुँदैनन्। 


प्रकाशित: Apr 28, 2022| 08:00 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...