आइतबार, वैशाख १३, २०८३

रूसले पोल्यान्ड र बुल्गेरियामा ग्याँस आपूर्ति रोक्ने

रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने भएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने भएको छ। रूसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि, रुबेलमा भुक्तानी गर्नुपर्ने नभए आपूर्ति कटौती गर्ने बताएको थियो। 

National life

दुवै देशले रूबेलमा भुक्तानी गर्न अस्वीकार गरेसँगै बुधबारदेखि रुसले आपूर्ति रोकिने निर्णय गरेको हो।

पोल्यान्डको सरकारी ग्याँस कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबैखाले ग्याँस आपूर्ति रोकिने बताएको छ।

बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधबारबाट आपूर्ति बन्द हुने जानकारी दिइएको छ। यससँगै ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको बुल्गेरियाले वैकल्पिक स्रोतहरू खोज्न थालेको छ।

प्रकाशित: Apr 27, 2022| 08:12 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।