शुक्रबार, वैशाख १४, २०८१

यसकारण आफ्नै गृहनगरमा सहज छैन केपी ओलीलाई

प्रसाईंका अनुसार राप्रपालाई यसपटक मेयर छाड्नुमा अर्को ‘भद्र सहमति' पनि कारण हो। ‘संघीय चुनावमा राप्रपाले आफ्नो उम्मेदवार नउठाएर गठबन्धनलाई सघाउने सहमति भएको छ,’ उनले भने।
 |  मंगलबार, वैशाख १३, २०७९

अनिल यादव

अनिल यादव

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली स्थानीय चुनावको सम्मुखमा जहाँ–जहाँ पुग्छन्, त्यहीँ-त्यहीँ निर्धक्क भनिरहेका छन्, 'चुनाव त हामी सजिलै जित्छौं। पाँचवटै दल मिलेर आउँदा पनि कर्‍याककुरुक, मर्‍याकमुरुक पारिदिन्छौं।’

triton college

तर यसपटक ओलीलाई आफ्नै गृहनगर दमकमा मेयर जिताउन सकस देखिएको छ। ओलीको 'दम्भ'लाई परास्त गर्ने भन्दै सत्ता गठबन्धन दलले राप्रपासँग तालमेल गरेपछि यसपालि ओलीलाई गृहनगरमै अप्ठेरो पर्ने देखिएको हो। 

‘ओलीका लागि दमक सधैँ प्रतिष्ठाको विषय हुन्छ। उनलाई यो क्षेत्र सधैँ आफ्नै पेवाजस्तो लाग्छ। यहाँ एमाले हार्नु भनेको उनका लागि आफू पनि हार्नु हो। उनलाई हराउन भएपनि हामी राप्रपालाई मेयर दिन बाध्य भयौं,’ तालमेलमा सामेल दमकका एक नेताले भने। 

...अनि बन्यो राप्रपासँग गठबन्धन

अघिल्लो पटक यो नगरमा मेयर/उपमेयरसहित एमालेले १० वटा वडामध्ये आठ वटा वडामा प्यानल नै जित हासिल गरेको थियो। तर, नेपाली कांग्रेसले एक सिट पनि ल्याउन सकेको थिएन।

corrent noodles
Metro Mart

त्यसैले एमालले अघिल्लो पटक उपमेयर जितेकी गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरिसक्दा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा नेपाल भने छलफलमै व्यस्त थिए, तालमेल गरेर  चुनावमा जानका लागि। 

दमकमा एमाले हराउन आफूहरू मिल्नुको विकल्प नदेखेपछि उनीहरू ‘मेयर कसले लिने’ भन्ने द्वन्द्वमै अल्झिरहेका थिए। अन्ततः लामो ‘महाभारत’पछि कांग्रेस र माओवादीले मेयर पद राप्रपालाई छाड्न तयार भए। कारण, अघिल्लो स्थानिय चुनावमा होस् या प्रतिनिधिसभाको, यहाँ राप्रपा नै दोश्रो बनेको थियो। 

राप्रपालाई मेयरमा समर्थन गरेर आफूहरूले सहयोग गर्दा नै एमाले र केपी ओलीलाई ‘थ्रेट’ हुने निष्कर्षमा पुगेपछि तीनदलीय तालमेल हुने टुंगो लागेको हो। ‘यहाँका समस्यालाई समाधान गर्नका निमित्त यहाँको जनभावना अनुरुप गठबन्धन गरेका हौं,’ नेपाली कांग्रेस दमकका नगर सभापति प्रकाश प्रसाईंले नेपाल समयसँग भने, ‘अघिल्लो पटक संघीय चुनावमा गठबन्धनविरुद्ध हामी एक्लै लडेका थियौं। यसपटक ठाउँ र परिस्थितिअनुसार गठबन्धन गर्न बाध्य भयौं। गठबन्धनले जित्नेमा हामी ढुक्क छौं।’

प्रसाईंका अनुसार राप्रपालाई यसपटक मेयर छाड्नुमा अर्को ‘भद्र सहमति' पनि कारण हो। ‘संघीय चुनावमा राप्रपाले आफ्नो उम्मेदवार नउठाएर गठबन्धनलाई सघाउने सहमति भएको छ,’ उनले भने। 

गठबन्धनबीच कांग्रेसले उपप्रमुखसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको छ। राप्रपाले भने नगरप्रमुखसहित दुई वडा पाएको छ। 

दमकमा गठबन्धन दल यसरी ढुक्क हुनुमा अघिल्लो चुनावको मत परिणाम र उम्मेदवारको ‘वेट’ पनि कारण हो। किनभने यसपटक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपाका राम थापा दमकवासीसँग भिजेका र राम्रै पकड बोकेका नेता मानिन्छन्। 'दमकमा राप्रपा होइन, राम थापा बलिया हुन् र उनकै कारण राप्रपा बलियो देखिएको टिप्पणी पशस्त सुन्ने गरिएको छ।  

राप्रपाबाट सधैँ त्यहाँको चुनावमा उनी नै उम्मेद्वार हुनु र सधैँ दोस्रो स्थानमा आउनुले पनि यो तर्कमा बल पुग्छ। 

त्यसो त ०६१ सालको शाही शासनमा उनी ८ महिना दमकको नगर प्रमुख पनि भइसकेका पात्र हुन्। तर, त्यसपछि उनी दमकबाट जतिपटक चुनाव उठे, सधैँ दोश्रो नै भइरहेका छन्। 

०७४ कै चुनावमा संसदीय र स्थानीय दुवै निर्वाचनमा राप्रपाबाट थापा नै उठेका थिए। संसदीय चुनावमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दा पनि उनी त्यस क्षेत्रबाट दोस्रो स्थानमै आए। 

त्यस्तै दमकको मेयरको चुनावमा पनि उनी एमालेका रोमनाथ ओलीसँग ३ हजार १५१ मतान्तरले पराजित भएका थिए। रोमनाथले १० हजार ८०६ मत ल्याउँदा उनले ७ हजार ६५५ मत ल्याएका थिए। त्यतिबेला नेकपा माओवादी केन्द्रका गगन पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज पोखरेलले ५ हजार ५३९ मत ल्याएका थिए।

त्यसैले माओवादी र कांग्रेसले सहयोग गर्दा अघिल्लो चुनावको मतान्तरलाई सहजै उछिन्न सक्ने गठबन्धनको आकलन छ। 

तर, एमाले नगर अध्यक्ष गेहनाथ पोखरेल गठबन्धनसँग आफूहरु नतर्सिएको दाबी गर्छन्। ‘अघिल्लो पटकको स्थानीय चुनावमा हामीले सानदार जित्दा नेपाली कांग्रेसले शून्य सिट र राप्रपाले एक सिट मात्रै हात पारेको थियो,’ उनले भने, ‘यसपटक त्यो पनि गुम्ने अवस्था आएपछि उनीहरुले 'महागठबन्धन' गरेका हुन्। यसपटक पनि उनीहरुले आकलझुकल कुनै–कुनै वडामा जित्नु अर्कै कुरा होला। तर मेयर र उपमेयर जित्ने सम्भावना छैन।’

गठबन्धनप्रति कांग्रेस र माओवादीभित्र नै असन्तुष्टि रहेकाले पनि आफूहरूलाई फाइदा पुग्ने उनको अनुमान छ। 

‘सबै दल एकठाउँ भएपछि एउटा दलको के लाग्छ र भनेर अनुमान गर्नु र आवरणमा त्यस्तै देखिनु स्वाभाविक हो। तर, यहाँको ग्राउन्ड अवस्था फरक छ। राजनीतिक गठबन्धन भएपनि यहाँका जनता गठबन्धनमा छैनन्,’ केपी ओलीका गृहनगरका एमाले अध्यक्ष पोखरेल पनि ओलीझै ‘कन्फिडेन्ट’ सुनिए।

एमालेबाट मेयरमा उठेकी गीता अधिकारी अघिल्लो पटक मेयरभन्दा बढी मत ल्याएर उपमेयरमा विजयी भएकी थिइन्। उनले १२ हजार ६२५ मत ल्याएकी थिइन्।  त्यतिबेला उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ८ हजार ९१२ मत प्राप्त गरेकी थिइन्। र, उनै भट्टराई यसपटक पनि गठबन्धनको सहमतिअनुसार कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी छन्। 

प्रसाईंका अनुसार राप्रपालाई यसपटक मेयर छाड्नुमा अर्को ‘भद्र सहमति' पनि कारण हो। संघीय चुनावमा राप्रपाले आफ्नो उम्मेदवार नउठाएर गठबन्धनलाई सघाउने सहमति भएको छ। 

एमालेबाट मेयरकी उम्मेदवार अधिकारी दमक बहुमुखी क्याम्पसकी पूर्वप्राध्यापक हुन्। क्याम्पसको उपप्रमुख समेत भएर उनले त्यहाँ २५ वर्ष विद्यार्थी पढाएकी छिन्। उनले पढाएका थुप्रै विद्यार्थी अहिले  उनका मतदाता छन्। त्यसैले उनले पढाएका कतिपय कार्यकर्ता अर्कै पार्टीमा आबद्ध भएपनि उनको उम्मेदवारीप्रति सद्भाव र सहयोग रहने एमालेको आकलन छ। 

एमाले केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीले उपमेयर हुँदादेखि नै मेयरको तयारी गरेकाले पनि गठबन्धनले उनको उम्मेदवारीलाई कमजोर आँकेको छैन। एमालले उम्मेदवार छनौट विवेक पुर्‍याएरै गरेका कारण पनि सत्तारुढ दल गठबन्धन गर्न बाध्य भएका हुन्। 

गठबन्धनबीच कांग्रेसले उपप्रमुखसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको छ। राप्रपाले भने नगरप्रमुखसहित दुई वडा पाएको छ। 

तर, केन्द्रको सत्ता गठबन्धनमा कांग्रेस र माओवादीसँगै रहेको नेकपा (एकीकृत समाजवादी) भने दमकमा एक्लिएको छ। ठूला दलसँग भगबन्डामा कुरा नमिलेपछि नेकपा एसले दमकमा साना दलसँग गठबन्धन गरेको छ। उसले जसपा, लिम्बुवान र लोकतान्त्रिक समाजवादीसँग तालमेल गरेको हो। र, तालमेलअनुसार जनता समाजवादीबाट पवन विष्टले उम्मेदवारी दर्ता गराएका छन्। 

‘नेकपा एसलाई गठबन्धनसँग मिल्न नदिन यहाँ एमालेले नै ‘रोल’ खेल्यो। नेकपा एस सम्मिलित भएको गठबन्धनले जित्दा यहाँ ओलीकै साख गिर्ने खतरा देखिएपछि पनि त्यस्तो माहोल सिर्जना गरियो,’ नेकपा समाजवादी दमकका एक नेता भन्छन्, ‘त्यसपछि हामी साना दलसँग गठबन्धन गर्न बाध्य भयौं। हाम्रो चाहना एमालेले जित्नुहुन्न भन्ने हो। त्यसैले हाम्रो तालमेलले यहाँ एमालेको भोट राम्रै काटिन्छ भन्नेमा विश्वस्त छौं।’

दमकमा मेयर पदका लागि ५ स्वतन्त्रसहित १७ जनाले मनोनयन दर्ता गराएका छन्। दमकमा हाल ५८ हजार २ सय ८१ मतदाता छन्। त्यसमध्ये करिब १८ हजार यसैपटक थपिएका मतदाता हुन्। 

प्रकाशित: Apr 26, 2022| 20:40 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...