बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

सउल- दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन्।

पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले एक करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ। अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि एक लाख मानिसमा कोभिड संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो।

सोमबार मात्र यहाँ कोभिड संक्रमित ८० हजार नाघेको बताइएको छ। तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्।यहाँका यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ। यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन्।   सिन्ह्वा

kumari

प्रकाशित: Apr 26, 2022| 14:35 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।