बिहीबार, फागुन २१, २०८२

आणविक शक्तिलाई अझ विस्तार गर्छौं : किम जोङ उन

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए)को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्। नेता किम जोङ उनले मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेका छन्।

'हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि निरन्तर कदमहरु चाल्नेछौँ।' सर्वोच्च नेता किमलाई उद्धृत गर्दै उत्तर कोरियाली सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ।

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ।

परेडमा हालै परीक्षण गरिएको ह्वासोङ १७ नामक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको बीबीसीले जनाएको छ। गत मार्च महिनामा उत्तर कोरियाले ह्वासोङ १७ को सफल परीक्षण गरेको दाबी गरेको थियो। यद्यपि दक्षिण कोरियाली सैन्य नेतृत्वले भने उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको सफलतामा प्रश्न उठाउने गरेका छन्।   एएनआई

प्रकाशित: Apr 26, 2022| 13:59 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।