बिहीबार, फागुन २१, २०८२

चीनको सांघाइमा कोभिड संक्रमित बढ्दै

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

सांघाइ- चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ। यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन्।

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।  

यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ। हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्।चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ। चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ।

यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ। ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ।   सिन्ह्वा

प्रकाशित: Apr 26, 2022| 13:00 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।