बिहीबार, फागुन २१, २०८२

४४ अर्ब डलरमा ट्विटर किनेपछि के भन्छन् एलन मस्क?

मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्। केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- विश्वकै धनाड्य एलन मस्कले केही समयको रस्साकस्सीपछि अन्ततः एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन्।

मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्। केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्। उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।

ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन्।

'यो सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो,' टेललेरले भने।

ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियाँलाई प्रभावित पार्ने उल्लेख गर्दै ट्वीटरका सीईओ पराग अग्रवालले हामीलाई हाम्रो टिममा गर्व रहेको बताएका छन्।

kumari

मस्कले ट्वीटर खरिद गरेसँगै सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतालाई महत्व दिइने बताएका छन्। साथै उनले आगामी दिनमा नयाँ फिचर ल्याउँदै ट्वीटरलाई थप विश्वसनीय बनाइने बताएका छन्। 

उनले यसअघिनै नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।

'नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,' सम्झौतापछि उनले भनेका छन्।
'ट्विटरमा व्यापक सम्भावना छ- त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु', उनले अगाडि भनेका छन्।

विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका मस्कको सम्पत्ति २ खर्ब ७३ अर्ब डलरबराबरको छ। उनको धेरैजसो सम्पत्ति विद्युतीय कार निर्माता टेस्लामा छ। उनी अन्तरिक्ष कम्पनी स्पेसएक्सका पनि मालिक हुन्।

प्रकाशित: Apr 26, 2022| 08:16 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।