आइतबार, वैशाख १३, २०८३

राजकुमार ह्यारी र मेघनको उपाधि खोस्नुपर्छ : ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। 

National life

एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका छन्। राजकुमार ह्यारीले आफ्नो देशप्रति निकै बेइमानी गरेको आरोप लगाउँदै ट्रम्पले उनको उपाधि खोस्नुपर्ने धारणा राखेका हुन्।

उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए। रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे रु भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे,’ आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरेका छन्।

प्रकाशित: Apr 26, 2022| 07:39 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।