बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल

युक्रेनी राष्ट्रपति र शीर्ष अमेरिकी अधिकारीबीच कीभको सहयोगको बारे छलफल

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

किभ- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वाशिङटनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका  राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ।

दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ जुन युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।

आर्थिक सहायताको बारेमा बोल्दै, जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन्।

रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन्। अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतबार कीभ आइपुगेका हुन्।

kumari

प्रकाशित: Apr 26, 2022| 06:00 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।