बिहीबार, फागुन २१, २०८२

सांघाइमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु

चीनको सांघाइमा आइतबार कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। यससँगै सांघाइमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- चीनको सांघाइमा आइतबार कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। यससँगै सांघाइमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ।

संघाइस्थित नेसनल हेल्थ कमिसनले आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएको छ। साढे २ करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोरोनाको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्। कोरोनाबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेका सरकारले जनाएको छ।

सरकारले कोरोनाबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घरोगी भएको बताएको छ।

प्रकाशित: Apr 25, 2022| 10:26 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।