बिहीबार, फागुन २१, २०८२

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

फ्रान्सको राष्ट्रपतिमा इम्मानुएल म्याक्रों विजयी भएका छन्। म्याक्रों दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

एजेन्सी- फ्रान्सको राष्ट्रपतिमा इम्मानुएल म्याक्रों विजयी भएका छन्। म्याक्रों दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन्। उनले प्रतिस्पर्धी मरिन ले पेनलाई पराजित गदै दोस्रो कार्यकालका लागि जित हासिल गरेका छन्।

म्याक्रों कुल खसेको मध्ये ५८.५५ प्रतिशत मत ल्याएर विजयी भए। पेनले ४१.४५ प्रतिशत मत मात्र ल्याउन सकिन्।

जितपछि म्याक्रोंले आफ्ना समर्थकमाझ निर्वाचन सकिएको र आफू 'सबैको राष्ट्रपति' बन्ने प्रतिक्रिया दिएका छन्। पेनले आफू पराजित भए पनि आफूले प्राप्त गरेको मतले विजय नै इङ्गित गरेको बताइन्। पेनलाई अति दक्षिणपन्थी धारको नेतृत्त्वकर्ता मानिन्छ।

विजयपछिको सम्बोधनका क्रममा म्याक्रोंले आफ्ना अधिकांश मतदाताहरूले किन अति दक्षिणपन्थीलाई मतदान गरे भन्नेबारे जवाफ खोज्नुपर्ने बताए। दक्षिणपन्थी उम्मेदवारको रूपमा पेनले प्राप्त गरेको मत हालसम्मकै अत्यधिक हो।

म्याक्रोंको जितलाई यूरोपेली मुलुकका नेताहरूले स्वागत गरेका छन्। उनीहरू पेनको यूरोपियन यूनियनविरोधी विचारबाट त्रसित थिए।

kumari

प्रकाशित: Apr 25, 2022| 09:14 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।