सोमबार, वैशाख १४, २०८३

नेपाली सेनाद्वारा कंगोमा १२ किमी सडक निर्माण

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कंगोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।

National life

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कंगोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो।

द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ।

प्रकाशित: Apr 25, 2022| 08:25 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।