सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेनबीच संयुक्त राष्ट्रसंघका महासचिव आज टर्की जाँदै

रुस-युक्रेनबीच संयुक्त राष्ट्रसंघका महासचिव आज टर्की जाँदै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ। 

National life

महासचिवले राजधानी अंकारामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने टर्कीको विदेश मन्त्रालयले आइतबार उल्लेख छ ।    

गुटेर्रेसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग क्रमशः अप्रिल २६ र २८ मा भेटवार्ता गर्नुहुने संयुक्त राष्ट्र संघका प्रवक्ताले जानकारी गराएका छन्। 

गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भने, 'गुटेरेस अप्रिल २६ मा मस्को जानुहुनेछ र रूसी विदेश मन्त्री सर्गेई लाभरोभसँग र यसको दुई दिनपछि युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबासँग भेटवार्ता गर्नुहुनेछ।' 

उनले युक्रेनी जनतालाई मानवीय सहयोगको लेखाजोखाबारे छलफल गर्ने पनि डुजारिकले बताए। 

kumari

अङ्काराको दुवै देशसँग घनिष्ठ सम्बन्ध भएकाले रुस र युक्रेनबीचको द्वन्द्व अन्त्य गर्न टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। 

मार्च महिनामा टर्कीले युक्रेन र रूसका विदेश मन्त्रीहरूको छलफल आयोजना गरेको थियो । साथै दुई देशका वार्ता टोलीहरूबीच पनि त्यहीँ बैठक भएको थियो।  

प्रकाशित: Apr 25, 2022| 05:30 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।