आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • मानव अस्तित्व नै समाप्त हुनसक्ने चेतावनी दिइएको त्यो क्षेप्यास्त्र

मानव अस्तित्व नै समाप्त हुनसक्ने चेतावनी दिइएको त्यो क्षेप्यास्त्र

संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै दिएका थिए।
 |  सोमबार, वैशाख १२, २०७९

अलजजिरा

अलजजिरा

सोमबार, वैशाख १२, २०७९

सैन्य शक्ति प्रदर्शन गर्ने क्रममा गत बुधबार पश्चिमी रुसस्थित प्लेसेकमा रुसले आफ्नो सबैभन्दा नयाँ धेरै लामो दूरी तय गर्न सक्ने भारी क्षेप्यास्त्र प्रक्षेपण गर्यो। उक्त क्षेप्यास्त्र ६ हजार किलोमिटर टाढा रहेको विशाल देशको कामचाट्कासम्म पुगेको रुसी सञ्चारमाध्यमले दावी गरेका छन्।

triton college

सार्मात अन्तर महादेशिय ब्यालेस्टिक मिसाइल (आईसिबिएम) निर्माण बर्षौदेखि जारी थियो। सोभियत संघका पालाका पुराना एस १८ मिसाइललाई आईसिबिएमले पालो फेर्ने हिसाबले निर्माण गरिएको हो। न्युक्लियर युद्धमा पृथ्वीका कुना काप्चाका हरेक दुश्मनलाई रणनीतिक आक्रमण गर्नसक्ने गरी एस १८को निर्माण गरिएको थियो।

संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै दिएका थिए।

पृथ्वी नै ध्वस्त पार्ने सामर्थ्य बोकेका यी हतियारहरु अमेरिका र रुसका बंकरहरुमा शान्त र सुरक्षित थन्किएका थिए। तर समयक्रमसँगै विकास भएका आधुनिक टेक्नोलोजीले दशकौं पुराना यी क्षेप्यास्त्रलाई लगभग कामै नलाग्ने तुल्याएको छ। 

सर्मातको क्षमता अतुलनिय छ। कतिपय श्रोतको दाबी अनुसार सर्मातले  क्षेप्यास्त्र प्रतिरक्षात्मक प्रणाली तथा रेडारहरुलाई समेत असफल पार्दै ३५ हजार किलोमिटर टाढासम्मका लक्षमाथि अनपेक्षित आक्रमण गर्नसक्छ।                                                                          

corrent noodles
Metro Mart
संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै दिएका थिए।

सर्मातले १० टनसम्मको पेलोड बोक्न सक्छ। अर्थात, यसमा  १५ ओटा आआफ्नै गतिशीलता भएका आणविक हतियार राख्न सकिन्छ। 

यस पेलोडको साटो सर्मातमा अनगिन्ती ‘अभानगार्ड हाइपर सोनिक गाइड मिसाइल’ राख्न सकिन्छ, जुन अझ तिव्र अनि अप्रत्यासित मार्गमा उड्न सक्छन्।

छोटो समयको प्रज्वलनले नै प्रक्षेपण हुने सर्मातलाई अमेरिकी गर्मी मापनका प्रविधि प्रयोग गर्ने स्याटलाइटले पनि पत्ता लगाउन मुस्किल पर्छ। जसले गर्दा यस क्षेप्यास्त्रको प्रहार सटिक हुने निश्चय हुन्छ।

छोटकरीमा यसको परिचय दिने हो भने सर्मात विशाल, शक्तिशाली, अत्याधुनिक हुनुका साथै यसलाई रोक्न असम्भव छ। रुसी हातहतियारको परिवारमा थपिएको यो नयाँ सदस्य हो।

रुसले हाईपर सोनिक मिसाइलको पनि निर्माण गरेको छ। लडाइँमा हाइपर सोनिक मिसाइलको प्रयोग गर्ने पहिलो देश रुस नै हो। तर यस्ता अत्याधुनिक हातहतियारको निर्माणमा संलग्न देश रुस मात्र भने होइन। २१औँ शताब्दीमा विश्च सामु आफ्नो  शक्ति र दबाब कायम राख्न चीन पनि हातहतियारका निर्माणमा तल्लिन छ। 

चीनको वाईजे २१ क्षेप्यास्त्र अनि परीक्षण

रुसले  सर्मात परिक्षण गर्नुभन्दा ठीक एक दिन अगाडि चीनले पनि आफ्नो नयाँ हाइपर सोनिक मिसाइलको परीक्षण गर्यो। भारी टाइप ०५५ क्रुजरबाट प्रक्षेपित वाईजे २१ एकदमै द्रुत छ। यसको उडान पथ पूर्वानुमान गर्न असम्भव छ। अमेरिकी सैन्य हवाई समूहको क्षमताबारे राम्रोसँग ज्ञात चिनियाँ वैज्ञानिकहरुले अत्यन्तै मेहनतका साथ वाइजे २१को निर्माण गरेका हुन्।

वाइजे २१ १५०० किलोमिटर टाढासम्म हमला गर्नसक्छ, यति द्रुत गतिमा कि यसले सिधै कुनै पनि विमान छेडेर त्यसलाई तुरुन्तै टुक्राटुक्रा गरिदिन सक्छ।

अमेरिकी लडाकु विमान एफ ३५ सीको लड्ने क्षेत्रभन्दा बाहिरबाट आक्रमण गर्नसक्ने भएकाले वाईजे २१ चीनका लागि महत्वपूर्ण हतियार बनेको छ।

चीन र रुसको प्रगाढ सम्बन्ध

रुस र चीनलाई ४ हजार किलोमिटर लामो सीमाले मात्र जोडेको छैन, यिनका शत्रु पनि एउटै छन्। रुस र चीन रक्षा तथा सैन्य मामिला अनि योजनाहरुमा पनि साथसाथ छन्। अमेरिकी सूचना निकायका आधारमा यी दुई विशाल राष्ट्रहरु आधा शताब्दीमा हाल सबैभन्दा निकट छन्। दुई राष्ट्रबीच विशाल सैनिक अभ्यास बढेका छन्।

युक्रेन युद्धले पश्चिमी हतियारहरुको श्रेष्ठताको प्रदर्शन गरेको छ। यस रक्तपातले यी दुई शक्तिहरुलको गठबन्धनले मात्र द्वन्द्वमा विजय सुनिश्चित गराउने कुराको पुष्टि गरेको छ।

छोटो समयको प्रज्वलनले नै प्रक्षेपण हुने सर्मातलाई अमेरिकी गर्मी मापनका प्रविधि प्रयोग गर्ने स्याटलाइटले पनि पत्ता लगाउन मुस्किल पर्छ। जसले गर्दा यस क्षेप्यास्त्रको प्रहार सटिक हुने निश्चय हुन्छ।

चीन र रुसका यी दुवै अत्याधुनिक हतियारहरुको परीक्षण गोप्य रुपमा नभई खुलेआम गरियो। दुवै राष्ट्रहरु आफूले अहिलेसम्म प्रयोग नगरेका हतियार कति शक्तिशाली छन् भनेर विश्वलाई देखाउँदै आफ्नो वर्चस्व बढाउन चाहान्छन्।  यी दुवै चाहन्छन् कि आफ्ना शत्रु राष्ट्रहरु आफूसँग डराउन्।

युक्रेन युद्धमा गुमाएको आफ्नो प्रतिष्ठालाई फेरि फिर्ता पाउने हिसाबले रुसी राष्ट्रपति यी हतियारहरु सार्वजनिक गरिरहेका छन्। चीन भविष्यमा कुनै आपत्ति आए विरोधीले ठूलो मूल्य चुकाउनु पर्छ भन्ने कुराको साबित गर्न चाहन्छ। ताकि बाहिरी हस्तक्षेप बिना चीनले छिमेकी राष्ट्रहरुमाथि आफ्ना विदेशी नीति लागू गर्न सकोस्।

मित्रराष्ट्र रुसले युक्रेनसँगको युद्धमा गर्नु परिरहेको संघर्षलाई राष्ट्रपति सी जिन पिङले नजिकबाट नियालिरहेका छन्। रुस युक्रेनी हवाई सुरक्षासँग दबिएको अनि सहि ढंगले सेना परिचालन गर्न नसकेको आदि कुराहरुबाट सी पाठ सिकिरहेका छन्। 

नविनतम रुसी सेनाको प्रतिष्ठामा ह्रास आएपछि रुस र चीन बीच हुनसक्ने भावी गठबन्धन युद्ध अघिका भन्दा धेरै भिन्न शर्त(बन्धित हुनेछन्। बुधबारको रुसी प्रक्षेपण शक्ति साबितको हताशमा सिमित थियो भने चीनी प्रक्षेपण एउटा कडा चेतावनीको प्रतिक थियो।

प्रकाशित: Apr 25, 2022| 06:24 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।