बिहीबार, फागुन २१, २०८२

ईयूद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानुन

डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

kumari

ब्रसेल्स- युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ। डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो। शुक्रबारदेखि शुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो।

अस्थायी राजनीतिक सम्झौता कानून लागू हुनु अघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ।

प्रकाशित: Apr 23, 2022| 23:10 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।