बिहीबार, फागुन २१, २०८२

अफगानिस्तानमा बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ।
 |  शुक्रबार, वैशाख ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं- अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ।

बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाले ज्यान गुमाएका छन्। तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका छन्।

रोयटर्सका अनुसार कुन्दुजमा भएको अर्को हमलामा चार जनाले ज्यान गुमाएका छन्। त्यहाँ १८ जना घाइते भएका छन् । 

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस)ले लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

प्रकाशित: Apr 22, 2022| 07:15 शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।