शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले विहीबार जानकारी दिएका छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

सउल- दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित देखिएको छ।

यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले विहीबार जानकारी दिएका छन्। 

कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना संक्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो।

गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना संक्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ। यसैसँगै कोरोना संक्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ। 

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ।

दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ।  उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ।   -सिन्ह्वा

प्रकाशित: Apr 21, 2022| 14:15 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।