बिहीबार, फागुन २१, २०८२

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। ११ जना प्रदर्शनकारी घाइते भएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। ११ जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनमा खटिएका १० जना प्रहरी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

घाइतेहरूलाई केगले अस्पतालमा भर्ना गरिएको छ। श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। 

प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन्–१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो। यो घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ।

श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश बढ्दो छ। उनीहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। 

यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन्। मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ।

kumari

प्रकाशित: Apr 20, 2022| 07:11 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।