शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्।
 |  बुधबार, वैशाख ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

इस्लामावाद- पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्। 

himalayan bank box

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ। उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन्। 

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो। प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए। पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए। 

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो। 

प्रकाशित: Apr 20, 2022| 05:00 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।