बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने

युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

ब्रसेल्स- युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ।

विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएअनुसार युरोपेली आयोगका अध्यक्षको रूपमा उहाँको यो पहिलो भारत भ्रमण हुनेछ।

आफ्नो भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। उनले राष्ट्रपति रामनाथ कोविन्द र अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ। 

युरोपेली आयोगका अध्यक्षलाई यस वर्षको रायसिना संवादको संस्करणका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको  हो।  उनले अप्रिल २५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्ने बताइएको छ।

'भारत र युरोपेली संघ एक जीवन्त रणनीतिक साझेदार हुन् जसले राजनीतिक र रणनीतिक, व्यापार र वाणिज्य, जलवायु र दिगोपन, डिजिटल र प्रविधि पक्षहरू साथै जनता-जनता सम्बन्धहरूमा व्यापक र गहिरो सहयोगको साथ  देखिरहेको छ ,' मन्त्रालयद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ। 

kumari

मे २०२१ मा भारत-इयु नेताहरूको बैठकले व्यापार वार्ता पुनः शुरु गर्ने निर्णय र भारत-इयु  साझेदारीको सुरुवातको साथ नयाँ कोसेढुङ्गा तय भएको थियो। युरोपेली आयोगका अध्यक्षको आगामी भ्रमणले प्रगति समीक्षा र इयुसँग बहुआयामिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर हुनेछ।

प्रकाशित: Apr 20, 2022| 05:30 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।