बिहीबार, फागुन २१, २०८२

अफगान टिभी प्रस्तोतालाई काबुलमा पक्राउ गरी दुर्व्यवहार

अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्व्यवहार गरेको बताएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काबुल- अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्व्यवहार गरेको बताएका छन्।

तोलो न्युजका अनुसार अफगानिस्तानको एक टिभीमा समसामयिक बिषयमा कार्यक्रमका प्रस्तुत गर्दै आएका मोहिबुल्लाह जलिलीले उनलाई थुनामा राख्नुको कारण स्पष्ट नभएको र आफूलाई तालिवानले सजायँसमेत दिएको बताए। 

शुक्रबार राति सदरमुकामस्थित सुरक्षा जाँच चौकीमा सशस्त्र सुरक्षाकर्मीले गाडी रोकेर नियन्त्रणमा लिई हिरासत राखेको बताए। उनले भने, 'मैले थुनुवा हुनुको कारण सोध्दा उनीहरूले तिमी पत्रकार हौ र तिमीले नै मातृभूमिलाई बर्बाद पारेका छौ भन्दै दुर्व्यवहार गरियो।' 

जलिलीले भने, 'मैले प्रतिवाद गर्दै तपाईहरू कुन देशको लागि काम गर्नुहुन्छ भन्दा म माथि दुर्व्यवहार गरियो।'

पत्रकारहरूप्रति यस्तो व्यवहार गर्नु एकदमै क्रुर र अमानवीय बिषय हो। 

kumari

तालिबानले सरकारको विपक्षमा लेख्ने पत्रकारहरूलाई लगातार दुब्र्यबहार गर्ने गरेको र अफगानिस्तानका सञ्चार माध्यमले लगातार प्रतिबन्धको सामना गर्नुपरेको उनले बताए। 

गत सात महिनामा अफगान पत्रकार तथा सञ्चारकर्मीमाथि भएका झण्डै १४० वटा उत्पीडनका घटना रेकर्ड भएकासंस्थाहरुको तथ्याङ्कलाई उद्धृत गर्दै टोलो समाचारमा उल्लेख गरिएको छ। 

प्रकाशित: Apr 20, 2022| 04:30 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।