बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

श्रीलंकाद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

कोलम्बो- गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ।

छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ।

आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्री उनले बताए। उनले देशको आर्थिक संकट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए। 

पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन। यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ। श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ।

श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको सामना गरिरहेको छ। खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन्। 

kumari

प्रकाशित: Apr 19, 2022| 23:50 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।