बिहीबार, फागुन २१, २०८२

गाजामा इजरायलको हमला

इजरायलले मंगलबार गाजामा पुनः हमला गरेको छ। हमासको एक हतियार निर्माण गर्ने ठाउँलाई लक्षित गर्दै लडाकु विमानबाट आक्रमण गरिएको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– इजरायलले मंगलबार गाजामा पुनः हमला गरेको छ। हमासको एक हतियार निर्माण गर्ने ठाउँलाई लक्षित गर्दै लडाकु विमानबाट आक्रमण गरिएको हो।

आक्रमणमा परी कसैलाई चोटपटक नलागेको प्यलेष्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ। जमिनबाट हावामा आक्रमण गर्ने क्षेप्यास्त्रको प्रयोग गरी उक्त हवाई हमलाको प्रतिशोध गरेको हमास सशस्त्र शाखाको एजेदिन अल कसम ब्रिगेडले बताएको छ। ‘हामीले गाजाका आकासमा देखिएका ‘जियोनिस्ट’ लडाकु विमानलाई बिहानको ठीक १ः३५ बजे (स्थानीय समय) आक्रमण गर्न सुरु गर्यौ,” विज्ञप्तीमा लेखिएको छ।

महिनौंपछि पहिलो पटक सोमबार गाजाबाट दक्षिण इजरायलमा रकेट प्रहार भएपछि आसपासका क्षेत्र पुनः तनावग्रस्त बनेका हुन्। इजरायलले आफ्नो ‘आइरन डोम इन्टरसेप्टर’ले खसालेको भनिएको रकेटको जिम्मा प्यालेस्टाइनले लिएको छैन।

पछिल्लो तनाव बढे यता कुनै हताहती वा मृत्युको रिपोर्ट नआएको दावी सम्बन्धित निकायहरुले गरेका छन्।

प्रकाशित: Apr 19, 2022| 13:31 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।