बिहीबार, फागुन २१, २०८२

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ जना मन्त्री नियुक्त

मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

कोलोम्बो- श्रीलंकमा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।    

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन्। नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।    

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन्। नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन्। यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए।    

देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ।      -एएनआई

प्रकाशित: Apr 19, 2022| 06:51 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।