बिहीबार, फागुन २१, २०८२

ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो

सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

ब्रासिलिया-  ब्राजिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ।  सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य संकटकाल हटाइएको स्पष्ट पारे।

उनले भने, 'हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको हो।'

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाई छ।  

तर दैनिक नयाँ संक्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उहाँले जानकारी दिए। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ।      -एएनआई

kumari

प्रकाशित: Apr 19, 2022| 06:36 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।